टोकियो। जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर ४ जनाको ज्यान गएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु ४ जना जलेर घाइते भएका छन् । तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो
विराटनगर। दक्षिण कोरियाको राजधानी सोलस्थित झुग्गी बस्तीमा आगलागी भएको छ। शुक्रबार बिहान आगलागी हुँदा ६० भन्दा घर जलेर नस्ट भएको अधिकारीहरूले जनाएका छन्। मानवीय क्षतिबारे कुनै विवरण नभए पनि सयौं स्थानीयको उद्धार गरिएको बीबीसीले जनाएको छ। आगलागी नियन्त्रण गर्न ९ सय बढी दमकल र सता वटा हेलिकोप्टर प्रयोग गरिएको थियो। आगलागीको कारण अहिलेसम्म खुलेको छैन।
काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको कोलकोत्तामा डाइर्भट भएको छ । खराब मौसमको कारण देखाउँदै चालक दलका सदस्यले काठमाडौंमा अवतरण नगरी नेपाल एयरलाइन्सको जहाज कोलकोत्तामा अवतरण गरेको हो । नेपाल एयरलाइन्सको जहाज काठमाडौंका आकाश केहीबेर उडे पनि अवतरण गर्न नसकेपछि कोलकोत्ता डाइर्भट भएको हो । मौसम सुधार नभएपछि
वासिङटन डिसी। माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ। स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, ‘हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार कटौती गर्न खोजिरहेको छ।’ मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो। अमेरिकी
बेइजिङ। चीनको ल्याओनिङ प्रान्तको फानजीनमा केमिकल प्लान्ट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ। ८ जना बेपत्ता छन्। साथै ३४ जना घाइत भएका छन्। जसमा चार जनाको अवस्था गम्भीर छ। स्थानीय समयअनुसार आइतबार १ बजेर २५ मिनेट जाँदा यो घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सीसीटीभीले सार्वजनिक गरेको भिडियो र
वासिङटन डिसी। अमेरिकाको भर्जिनियामा राज्यमा एक छ वर्षीय बालकले आफ्नी शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएका स्थानीय प्रहरीले जनाएको छ । न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न
कम्पाला। उत्तरी युगाण्डाको ओयाम जिल्लामा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु भएको छ। राजधानी कम्पालाबाट गुलु जाँदै गरेको बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरी र सर्वसाधारण घटनास्थल पुग्दा ११ जनाको मृत्यु भएको पाइएको थियो भने अन्य चार जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनाको कारण
मेक्सिको : बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा १४ जनाको ज्यान गएको छ। सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए। सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो। मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली
काश्मिर। भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको छ। काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो। यहाँ पश्चिमी क्षेत्रको तुलनामा कम हिंसात्मक घटना हुने स्थानका रूपमा लिने गरिन्छ। मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका लागि लडेका छन्, जसले विभाजित क्षेत्रको सानो
किभ। युक्रेनको राजधानी किभमा आइतबार राति रुसी सेनाले हवाइ हमला गरेका छन्। शहरका विभिन्न जिल्लामा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन्। किभमा सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरेको बताएको छ। हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई सामान्य क्षति पुगेको छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ।