काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास नहुने बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्। वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएको बताए। प्रधानमन्त्रीले भने,’ अहिलेको युग
विराटनगर। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन्। सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिएको आरोप लगाएका छन्। जनयुद्ध दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएपछि कांग्रेस महामन्त्री थापाले सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब दिन आवश्यक रहेको बताएका हुन्। थापाले भने, ‘सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा
विराटनगर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणाप्रति आपत्ति जनाएको छन्। कोइरालाले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिएर नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गरौं पनि भन्ने तर बिदा घोषणा गरेको भन्दै नेता कोइरालाले प्रश्न गरेका हुन्
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा पुनः उजुरी परेको छ। आइतबार युवराज पौडेलले निर्वाचन आयोगमा रास्वपा खारेजीको माग गर्दै निवेदन दिएका हुन्। सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक एवं नेपाली नागरिक हुन अयोग्य ठहर गरेकाले दल दर्ता खारेज हुनुपर्ने माग उनको छ। निवदेनमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा (५) को
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि वर्तमान सरकार कायम रहनेमा आशंका रहेको बताएका छन्। प्रेस युनियन दाङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने भनेरै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिइएको उनले बताए। उनले भने, ‘दलहरूले धरातलीय अर्थाथलाई चाँडो बिर्सिए। संविधानको अक्षरस पालना गर्नुका साथै सबै तहका सरकारलाई अधिकार
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले नेताहरूलाई गाली नगर्ने जनता नै नभएको बताएका छन् । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन उद्घाटन सत्रमा बोल्दै राउतले राजनीतिक दलप्रति जनताको चरम असन्तुष्टि रहेको बताएका हुन् । राउतले भने,‘म इमान्दार छु भन्दैमा जनताले मत हाल्दैनन् । राजनीतिक दलहरूप्रति वितृष्णा छ । नेतालाई गाली नगर्ने जनता छैनन् जस्तो लाग्छ ।
काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने बताएका छन्। उनले एमालेको उम्मेदवार राष्ट्रपति भए त्यो ‘ सम्मानीय कठपुतली राष्ट्रपति’बन्ने टिप्पणी गरे। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले हिजोको राष्ट्रिपतिका कारण फेरि एमालेको उम्मेदवार राष्ट्रपति बने संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको
दाङ। राष्ट्रियसभा उपनिर्वाचनमा ३ सय ४ मत खसेको छ। दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रको प्राङगणमा बिहान १० बजेदेखि ३ बजेसम्म भएको मतदानमा ३ सय ४ जनाले मतदान गरेका हुन्। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १७ जनाले मतदान गरेका प्रदेश निर्वाचन
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्च अदा्लतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ। सो रिट निवेदनको पेशी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ। कांग्रेस संसदीय दलको नेता देउवा हुन नसक्ने दावीसहित मंगलबार रिट दर्ता भएको थियो। रिटमा उत्प्रेषणको आदेशद्वारा विपक्षी दलको नेता नबनाउन माग