Category: समाचार

साइकलबाट लडेर एक जनाको मृत्यु

विराटनगर। साइकलबाट लडेर विराटनगर महानगरपालिका–१८ पेट्रोल पम्पनजिकको भित्री सडकखण्डमा बुधबार राति एक जनाको मृत्यु भएको छ । साइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा निर्माणाधीन कल्भर्टमा लडेर जहदा गाउँपालिका–१ का ४६ वर्षीय दीपचन शर्माको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार राति ८ बजेतिर लडेर घाइते भएपछि उपचारका लागि कोसी अस्पतालतर्फ

विधायन व्यवस्थापन समितिले नागरिकता विधेयक बिना संशोधन बहुमतले पारित गरे

काठमाडौं। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ। सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक बिना संशोधन बहुमतबाट पारित गरेको हो। संघीय संसद्को दुवै सदनबाट पारित सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते आठबुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको

नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर। नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि गरिएको २ हजार ४ सय ८५ पीसीआर परीक्षणका क्रममा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप १ सय ७५

नेकपा एमालेका अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले १ सय ५० सिट जित्ने दाबी गरे

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनबाट एमालेले १ सय ५० सिट जित्ने दाबी गरेका छन्। बुधबार महेन्द्रनगरमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष र समानुपातिक गरेर एमालेले १ सय ५० सिट जित्ने दाबी गरे। आगामी मंसिर ४ गते गठबन्धनलाई परास्त गर्दै एमालेले एक सय ५० सिट

सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई यातना दिने पक्राउ

काठमाडौं। नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ। प्रहरीको साइवर व्युरो भोटाहिटिको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत् साथी बनाइ महिला तथा नाबालिकालाई अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा र ताप्लेजुङका ३२ वर्षीय

नोबेल शिक्षण अस्पतालबाट खसेर एक जना बिरामी गम्भीर घाइते

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालबाट खसेर बुधबार बिहान एक जना बिरामी गम्भीर घाइते भएका छन्। मानसिक समस्याको उपचार गराइरहेका झापाको गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइँटेल अस्पतालको दोस्रो तलाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि भदौ १० गते अस्पताल भर्ना गरिएको थियो। अभिभावकसँगै रहेका लुइँटेल अस्पतालको दोस्रो तलको झ्यालबाट बिहान ७ः१०

आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगे

काठमाडौं। अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पत्रकार सम्मेलन गर्दै टीट्वेन्टी विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी दिएको हो। विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने क्यानका जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए। उनले ‘ट्रफी टुर’अन्तर्गत विश्वकप ट्रफी नेपाल ल्याइएको जानकारी

चट्याङ लागेर एकै परिवारको ३ जनाको मृत्युु

रौतहट । रौतहटको गरुडा नगरपालिका-३ मलाहिटोलमा चट्याङ लागेर एकै परिवारको ३ जनाको मृत्युु भएको छ । गरुडा नगरपालिका-३ बस्ने रुपनरायाण सहनिको ३९ बर्षिय श्रीमती सुदनिया देवि , छोरी बर्ष १७ कि जगिया कुमारी र सोहि स्थान बस्ने सत्य नारायण सहनीकि छोरी बर्ष १८ कि मनिषा कुमारीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।मृतकहरु स्थानिय सरोज सहनीको

नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर घट्दै

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर घट्दै गएको छ। पछिल्लो केही दिनयता थपिने भन्दा कम हुनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल संक्रिय संक्रमितको संख्या ३२३५ मा झरेको छ। आइतबार ३३११ संक्रमित रहेकामा सोमबार २२३ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा २२६ जना संक्रमित थपिएका छन्। देशभरबाट ४०११ नमूना परीक्षण गर्दा

राष्ट्रपति भण्डारीले छलफलका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई बोलाए

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई छलफलका लागि शीतल निवास बोलाएकी छन्। समसमायिक विषयमा छलफलका लागि राष्ट्रपतिले बोलाएको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताए। छलफलका लागि भन्दै राष्ट्रपतिज्युले हामीलाई साँझ ५ बजे बोलाउनुभएको छ। समसमायिक विषयमा छलफल हुने कुरा छ, उनले अन्नपूर्णसँग भने। शीतल निवास स्रोतका अनुसार नागरिकता विधेयक विषयमा छलफलका लागि