काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। सभामुख घिमिरे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री र सभामुखबीच समसामयिक विषयवस्तुमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।उनीहरुबीच संसद्लाई प्रभावकारी बनाउने, समग्र संसदीय गतिविधिका बारेमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रसहित सत्ता साझेदार
न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा सन्दिग्ध आक्रमणकारीले गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ। क्यालिफोर्नियास्थित लस एन्जलिसनजिकै एउटा व्यापारिक भवनको परिसरमा स्थानीय समयानुसार शनिबार राति १०:२० गोली हानिएको थियो। लुनार नयाँ वर्षका अवसरमा आयोजना भएको मेलामा अन्धाधुन्ध गोली हानिएको प्रहरीले जनाएको छ। प्रहरीले कति जना घाइते भएका छन् भन्ने उल्लेख गरेको छैन।
वासिङटन डिसी। अमेरिकामा, न्याय मन्त्रालयका अन्वेषकहरूले डेलावेयरमा रहेको राष्ट्रपति जो बाइडेनको घरबाट थप छवटा गोप्य कागजात फेला पारेका छन्। उक्त जानकारी अमेरिकी राष्ट्रपति बाइडेनका वकिलले दिएका हुन् । यही शुक्रबार विल्मिङटन स्थित बाइडेनको घरबाट पनि यस्तै केही कागजातहरू फेला परेका थिए । यी कागजातहरू बाइडेन उपराष्ट्रपति र सिनेटर हुँदाका हुन्। वकिल बब बोवरले भने, ‘बाइडेनको
टोकियो। जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर ४ जनाको ज्यान गएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु ४ जना जलेर घाइते भएका छन् । तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो
विराटनगर। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्रीको पदबाट हटाएपनि खास फरक नपर्ने बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकपछि पत्रकाहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्रीको पदबाट हटाउने भए सुरूमा आफ्नैबाट हटाएपनि फरक नपर्ने बताएका हुन्। यसले सरकारलाई कुनै भार नथपिने भएकाले राखिएको पनि उनको तर्क थियो। ‘उपप्रधानमन्त्रीहरू बन्दै गएका कुराहरू छन्। यसले थप भार पार्ने भन्दापनि गठबन्धनबाट गर्ने
विराटनगर। सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटनामा परेको हो। वीरेन्द्रनगर पुग्नुभन्दा करिब ६ किलोमिटर वर झुप्रानजिक गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी
विराटनगर। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा सात सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार पाँच
विराटनगर । नेपाली कांग्रेसको संस्थापनइत्तर पक्षको बैठक जारी रहेको छ। आइतबार बिहानबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा शेखर कोइराला पक्षको बैठक बसिरहेको छ। छलफलमा केन्द्रीय पदाधिकारी, केन्द्रिय सदस्य, सांसद र प्रदेश सभापतिहरु सहभागी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। बैठकमा १५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा के एजेण्डा लैजाने भन्ने विषय र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल
कञ्चनपुर। कञ्चनपुरका दुई जनालाई प्रहरीले साढे १५ किलो लागूऔषध चरेससहित पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङको भीमदत्त नगरपालिका–३ तिलकपुरका करन धामीलाई जाँच गर्दा उनको साथबाट चरेस बरामद गरेको हो। धामीलाई सोधपुछ गर्दा चरेस शुक्लाफाँटा नगरपालिका–१२ देखतभूली बस्ने महेशप्रसाद भट्टलाई समेत बिक्री वितरण गरेको
विराटनगर। १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै