वासिङटन डिसी। माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ। स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, ‘हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार कटौती गर्न खोजिरहेको छ।’ मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो। अमेरिकी
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक निकाय क्यानले परीक्षण गरेको हो। क्यानका प्रवक्ता जगन्नाथ निरौलाले आज साँझ विज्ञप्ति जारी गर्दै पोखरा विमानस्थल नजिक भएको यती एयरलाइन्सको विमान दुर्घटनापश्चात्
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न निर्देशन दिएका छन्। बिहीबार नै प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालयमार्फत मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्री र अर्थमन्त्रीबीच हिजो छलफल भएको थियो। प्रधानमन्त्रीज्यूले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न अर्थ
ओखलढुंगा, २०७९ मंसिर १९ गते । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव-निर्मित कार्यालय भवनको प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट समुदघाटन भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको परिसरमा आज भएको एक कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव-निर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवनको
विराटनगर। नेपाल विद्युत् प्राधिकरणले विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट र टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गर्न ४५ दिनको समयसीमा दिएको छ। तार तथा उपकरणलाई सेवा प्रदायकले व्यवस्थित गरी प्राधिकरणको सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराउनु पर्नेछ। प्राधिकरणले मंगलबार सूचना जारी गर्दै दूरसञ्चार, केवल टीभी तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै
मिति २०७९-०५-१८ गते दिन beyond apogee द्वारा आयोजित inter school robotics competiton सम्पन्न भएको छ। यस कार्यक्रम मा ilestone school , lagankhel र mrigashira world school bhotebahala beyond apogee is a आयोजना गर्न सहयोग गर्नु भएको थियो । आजको यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा भूतपूर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाको उपस्थिति रहेको थियो। त्यसै गरि
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले एकै दिन २२० किलोभोल्ट (केभी)का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ। सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो। २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेसनमा क्रमशः २६० एमभीए र ६० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन्। इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट