विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी भएका छन् । पहिलो खेलमा वारिर्यसलाई भोल्टस्ले २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको भोल्ट्सले २० ओभरमा सवै विकेट गुमाई १ सय ५८ रनको योगफल तयार गरेको थियो । भोल्टस्का महमद अफतावले ४९ रन बनाउँदा मुर्सिद मन्सुरले २४
विराटनगर। विराटनगर महानगरपालिका वडा नं. ९, घोघापुलस्थित क्षेत्रमा वेवारिसे अवस्थामा ठूलो परिमाणमा चश्मा बरामद गरिएको छ। आज अपराह्न करिब ४:५० बजे विराटनगर महानगरपालिका–९, घोघापुलबाट १४ ओटा पोकामा राखिएको अन्दाजी मूल्य रु. ५,४१,००० बराबरको ५,४१० थान चश्मा फेला परेको हो। CRV घोघापुलबाट खटिएको प्रहरी टोलीले उक्त चश्माहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। बरामद
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरमा दर्ता भएका सहकारी संस्थालाई कानुनी मापदण्डअनुसार सञ्चालन गर्न कडाइ गरिएको बताएका छन् । विगतमा अव्यवस्थित तथा नियमविपरीत सञ्चालनमा रहेका सहकारीलाई नियमन गरी कानुनको दायरामा ल्याइएको उनको दाबी छ । महानगरको सहकारी शाखाले आयोजना गरेको दुईदिने ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिम उद्घाटन गर्दै मेयर कोइरालाले सहकारी क्षेत्रलाई पारदर्शी,
बिराटनगर । ग्रीन पिस सुपर लिग–२०८२ (सिजन–१) को उद्घाटनसँगै पहिलो दुई खेलहरू अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएका छन्। दुवै खेलमा उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन देखियो। पहिलो खेल: ग्रीन पिस टाइटन्स vs ग्रीन पिस बोल्ड्स पहिलो खेलमा ग्रीन पिस टाइटन्सले ग्रीन पिस बोल्ड्ससँग प्रतिस्पर्धा गरे। टाइटन्सले निर्धारित २० ओभरमा १७५ रन बनाउँदै आक्रामक सुरुवात
बिराटनगर । बिराटनगरस्थित किडजी स्कुलमा महा शिवरात्रिको अवसरमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरिएको छ। शिवरात्रिलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा पीजी ग्रुपदेखि यूकेजीसम्मका विद्यार्थीहरू भगवान शिव र माता पार्वतीको पहिरनमा विद्यालय उपस्थित भएका थिए। साना विद्यार्थीहरू विभिन्न आकर्षक वेशभूषामा सजिएर कार्यक्रममा सहभागी हुँदा विद्यालय परिसर शिवमय बनेको थियो। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई सोही पहिरनमा र्याम वाक
बिराटनगर । बिराटनबिराटनगरमागर–स्थित जलजला चोक धाढेवाल गल्लीमा रहेको चर्चित ‘भाइरल हुड’ डान्स स्टुडियो शुक्रबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। स्टुडियोको उद्घाटन रिबन तथा केक काटेर गरिएको थियो। सन् २०१९ देखि सञ्चालनमा आएको उक्त डान्स स्टुडियो केही समय बन्द भएपछि पुनः सञ्चालनमा ल्याइएको हो। स्टुडियोका सञ्चालक साहिल खानका अनुसार २०२४ मा थप नृत्यसम्बन्धी ज्ञान तथा
विराटनगर । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ । देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो अनियमितता फेला परेको हो । महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्राप्त गुनासोका आधारमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा खसीको पहिचान
विराटनगर। विराटनगर प्रज्ञा प्रतिष्ठान र ललित कला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विराटनगरमा कोशी प्रदेश ललित कला प्रदर्शनी २०८२ आयोजना हुने भएको छ। प्रदर्शनी विराटनगरस्थित माडवारी सेवा सदनमा सञ्चालन हुनेछ। नेपाल प्रकृति र संस्कृतिले भरिपूर्ण देश भएकाले त्यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रादेशिक ललित कला प्रदर्शनी आयोजना गरिएको कोशी प्रदेश ललितकला प्रदर्शनीका विराटनगर संयोजक सञ्जय
विराटनगर । विराटनगरमा भएको ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ । मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुल ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदकका साथ प्रथम भयो । विराटनगर वडा नम्बर १० ७ स्वर्ण, ४ रजत र ३ कांस्य पदक प्राप्त
बिराटनगर । सुनसरी क्षेत्र नम्बर ३ का जेनजी युवाको सूर्य चिन्हमा आकर्षण बढेको छ । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको काम देखेर भरोषायोग्य उम्मेदवार भगवती दिदी नै हो भन्दै भगवती जिताउ अभियानमा सरिग हुन थालेका छन । सुनसरी बर्जु १ की जेनजी सिता कुमारी मेहताका परिवारका सबै सदस्य काँग्रेसमा छन तर उहाँ एमाले प्रबेश गर्नुभयो